काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु ३० र गोलभेँडा सानो (टनेल) रु ३८ कायम गरिएको छ।
समितिले आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) रु ३५, आलु रातो (मुढे) रु ३५, आलु रातो (भारतीय) रु ३०, सेतो आलु रु ३० तथा प्याज सुकेको (भारतीय) रु ४७ निर्धारण गरेको जनाएको छ।
त्यसैगरी गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) रु ६०, काउली स्थानीय रु ५०, रातो मूला रु ४०, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु २५ र भन्टा डल्लो रु ३५ कायम गरिएको छ।
समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३५, मकै बोडी रु ६०, मटरकोसा रु १८०, घिउ सिमी (लोकल) रु ४०, घिउ सिमी (हाइब्रिड) रु ४०, घिउ सिमी (राजमा) रु ८०, टाटे सिमी रु ७०, भटमास कोसा रु १२० तथा तीते करेला रु ४० तोकिएको छ। यस्तै लौका, परवर (लोकल) र परवर (तराई) प्रतिकिलो रु ५०–५०, चिचिण्डो रु ४०, घिरौँला र झिगुनी रु ६०–६० तथा भिन्डी रु ४० कायम गरिएको छ।
हरियो तरकारीतर्फ रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो रु ६०, चमसुरको साग रु ७०, तोरीको साग रु ६०, हरियो प्याज रु १२० तथा च्याउ (कन्य) रु २३० निर्धारण गरिएको छ। डल्ले च्याउ रु ४००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० प्रतिकिलो तोकिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) प्रतिदर्जन रु २००, केरा (मालभोग) रु २२०, कागती प्रतिकिलो रु २००, अनार रु ४२०, आँप (मालदह) रु ९० र आँप (दशहरी) रु १२० निर्धारण गरिएको छ। तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार रु २२०, भुइँकटहर प्रतिगोटा रु २०० तथा मेवा (नेपाली) प्रतिकिलो रु ९० कायम भएको छ।
मसलाजन्य तथा अन्य वस्तुतर्फ अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी रु ५००, हरियो खुर्सानी (लाम्चो) रु ५०, हरियो खुर्सानी (बुलेट) रु ४०, अकबरे खुर्सानी रु ३०० तथा हरियो धनियाँ रु १२० निर्धारण गरिएको समितिले जनाएको छ।
त्यस्तै ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) रु ३००, ताजा माछा (छडी) रु २६० तथा सुकेको माछा रु १,००० प्रतिकिलो तोकिएको छ। समितिका अनुसार यी मूल्यहरू अधिकतम थोक मूल्यका रूपमा निर्धारण गरिएको हो।