शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजारमा पहिरो, एकैदिन ११४ अंकको गिरावट

सोमवार , आश्विन ४, २०७८

काठमाडौं। सोमबार शेयर बजारमा भारी अंकले गिरावट आएको छ। सेयर बजार परिसूचक आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर रोकिएको छ। 

सोमबार १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ। यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ । 

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरूले सबैभन्दा बढी कमाएका छन्। आज मनकामनाका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ कमाएका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार