काठमाडौं। टिकटिमा लाइभ बसेर १४ महिनामा डेढ करोड कमाएको एक युवाले दावी गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्माले यस्तो दावी गरेका हुन्।
नेपालमा निकै प्रयोग गरिने र लोकप्रिय बनेको सामाजिक संजाल टिकटकमा अभिनय गरेर भन्दा पनि लाइभमा बसेर यति ठुलो रकम आर्जन गरेको उनको दाबी छ। सुरुवातमा उनी सामाजिक सञ्जाल टिकटकमा आफ्नो अभिनय कला नै प्रस्तुत गर्थे।
उनले भने अनुसार सुरुमा त टिकटक लाइभबारे उनलाई जानकारी नै थिएन, तर साथीहरुले सुझाव दिएपछि लाइभ बस्न थालेको उनले बताए। लाइभबाट आम्दानी हुन्छ भन्ने पनि जानकारी नभएको तर अहिले टिकटक लाइभबाटै दैनिक एक लाख १५ हजार कमाइरहेको र उनले १४ महिनामा टिकटक लाइभबाट मात्रै डेढ करोड कमाएको दाबी गरे।