काठमाडौं । आज नेप्से परिसुचक दोहोरो अंकले वृद्धी भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ ।
सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४१ अंकले बढेको छ ।
बिहिबार भएका ५१ हजार ८६८ कारोबारबाट २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँ पुगेको छ ।
बिहीबार सबैभन्दा धेरै फाइनान्स कम्पनीको समूहगत सवइन्डेक्स बढेको छ । फाइनास् ३ प्रतिशत भन्दा माथिले बढ्दा दोस्रोमा विकास बैंक २ प्रतिशत माथि र लघुवित्त समूह १ प्रतिशत माथिले बढेका छन् ।
सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । दोस्रामो राष्ट्रिय बिमा कम्पनीको संस्थापक समूहतर्फको सेयर मूल्य प्रतिकित्ता १ हजार ८४ रुपैयाँले बढेको छ ।