काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा माछाका मूल्यमा विविधता देखिएको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२ तथा गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २० कायम गरिएको छ। आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) रु ३५, आलु रातो (मुढे) रु ३५, आलु रातो (भारतीय) रु ३०, सेतो आलु रु ३० तथा प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२ निर्धारण गरिएको छ।
त्यसैगरी गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) रु ६०, काउली स्थानीय रु १२०, रातो मूला रु ३०, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु २० र भन्टा डल्लो रु ३० तोकिएको छ।
समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी रु ५०, मटरकोसा रु २००, घिउ सिमी (लोकल) रु ६०, घिउ सिमी (हाइब्रिड) रु ६०, घिउ सिमी (राजमा) रु ९०, टाटे सिमी रु ६०, भटमास कोसा रु १००, तीते करेला रु ४०, लौका रु ५०, परवर (लोकल) रु ४०, परवर (तराई) रु ४०, चिचिण्डो रु ३०, घिरौँला रु ४०, झिगुनी रु ५०, फर्सी पाकेको रु ६०, फर्सी हरियो (लाम्चो) रु ५०, हरियो फर्सी (डल्लो) रु ४०, भिन्डी रु ३०, सखरखण्ड रु १२०, पिँडालु रु १०० तथा इस्कुस रु ४० कायम भएको छ।
हरियो सागसब्जीतर्फ रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो रु ६०, चमसुरको साग रु ६०, तोरीको साग रु ५०, हरियो प्याज रु १५०, च्याउ (कन्य) रु २५०, च्याउ (डल्ले) रु ४५०, राजा च्याउ रु ३०० तथा सिताके च्याउ रु १ हजार निर्धारण गरिएको छ।
मसला तथा अन्य कृषिउपजतर्फ अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी रु ५००, खुर्सानी हरियो (लाम्चो) रु ४०, खुर्सानी हरियो (बुलेट) रु ३०, माछे खुर्सानी रु ५०, अकबरे रु ३००, भेडेखुर्सानी रु ८०, हरियो लसुन रु २००, हरियो धनियाँ रु १५०, लसुन सुकेको (चाइनिज) रु २२० तथा लसुन सुकेको (नेपाली) रु १८० निर्धारण गरिएको छ।
त्यस्तै माछातर्फ माछा सुकेको प्रतिकिलो रु १ हजार, ताजा माछा (रहु) रु ३४०, ताजा माछा (बचुवा) रु ३०० तथा ताजा माछा (छडी) रु २५० कायम गरिएको समितिले जनाएको छ।