आइतवार, श्रावण २४ गते २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमवार , आषाढ १५, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ १६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९० पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०० पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार