शुक्रवार, आश्विन १६ गते २०८३

सेञ्चुरी बैंकको मोवाइल एप्सबाट सोझै रेमिट्यान्स कारोबार गर्न सकिने

बुधवार , आश्विन ६, २०७८

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले मोबाईल बैकिङ एपबाट अनलाईन आन्तरिक रेमिटन्स सेवा पनि प्रदान गर्ने भएको छ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिटन्स सेवा पनि प्रदान गर्ने जनाएको हो। यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको र यो सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्ने सुविधा पाएका छन्।

यो सेवा अन्तर्गत आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिनेछ।

यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिने पनि बैंकले जनाएको छ। साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्न सक्नेछन्।

हाल बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

यस्तै बैंकले अन्य जानकारीका लागि बैकको वेबसाइट https://www.centurybank.com.np/ तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार