आइतवार, श्रावण २४ गते २०८३

मूल्य घटेपछि अधिकांस पेट्रोल पम्प बन्द, अभाव सिर्जना गर्नेलाई कारवाही गर्न राप्रपा सांसद शाहीको माग

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा घटाएपछि काठमाडौं उपत्यकालगायत अधिकांश स्थानका पेट्रोल पम्पहरू बन्द गरिएको छ। पम्प बनद भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । 

आयल निगमले बुधबारबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको हो। बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकहरूले पम्प बन्द गरेका हुन् । केहि पेट्रोल पम्प खुले पनि पेट्रोल भर्नेको लामो लाइन लागेको छ।

निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको थियो।

यसैबीच अधिकांस पेट्रोल पम्प बन्द भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द शाहीले सरकारको चर्को विरोध गरेका छन् ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने तथा मूल्य घट्दा इन्धन बिक्री रोक्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने भन्दै उनले सरकारसँग यस्ता पेट्रोल पम्पमाथि तत्काल छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार