शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउ फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार?

बुधवार , आश्विन ६, २०७८

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य फेर बढेको छ। बुधबार छापावाला सुन तोलमा ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार बुधबार छापावाल सुनको मूल्य ९ सय रुपैयाँले बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ। 

मंगलबार ८९ हजार २०० रुपैयाँ कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला २५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार