आइतवार, श्रावण २४ गते २०८३

रायो साग प्रतिकिलो ४० रुपैयाँ, यस्तो छ अन्य तरकारीको मूल्य

आइतवार , आषाढ २१, २०८३

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याज, तरकारी, फलफूल, मसला तथा माछासहित विभिन्न कृषिउपजको थोक मूल्य तय गरिएको हो।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ६०, सानो लोकल गोलभेँडा रु २२, टनेल गोलभेँडा रु ३५, रातो आलु (लाम्चो) रु ४२, रातो आलु (गोलो) रु ३८, रातो आलु (मुढे) रु ३८, भारतीय रातो आलु रु ३०, सेतो आलु रु ३० तथा भारतीय सुकेको प्याज प्रतिकिलो रु ५५ कायम गरिएको छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) रु ९०, स्थानीय बन्दा रु ६०, स्थानीय काउली रु ५०, रातो मूला रु ४०, सेतो हाइब्रिड मूला रु २०, लाम्चो भन्टा रु २० र डल्लो भन्टा रु ३० निर्धारण गरिएको छ।

बोडी तने प्रतिकिलो रु ३०, मकै बोडी रु ५०, मटरकोसा रु १५०, घिउ सिमी (लोकल र हाइब्रिड) रु ४०, घिउ सिमी (राजमा) रु ८०, टाटे सिमी रु ५०, भटमास कोसा रु १००, तीते करेला रु २०, लौका रु २५, परवर (लोकल तथा तराई) रु ३०, चिचिण्डो रु ३०, घिरौँला रु ३०, झिगुनी रु ५०, पाकेको फर्सी रु ६०, हरियो लाम्चो फर्सी रु ५०, डल्लो हरियो फर्सी रु २०, भिन्डी रु ३०, सखरखण्ड रु १२०, पिँडालु रु १०० र इस्कुस रु ५० तोकिएको छ।

सागपाततर्फ रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो रु ६०, चमसुरको साग रु ६०, तोरीको साग रु ५०, कन्य च्याउ रु २८०, डल्ले च्याउ रु ३५०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० कायम गरिएको छ।

त्यसैगरी, कुरिलो प्रतिकिलो रु ३००, निगुरो रु १००, ब्रोकाउली रु ४०, चुकन्दर रु ८०, रातो बन्दा रु ५०, जिरीको साग रु ९०, सेलरी रु १६०, पार्सले रु ३५०, सौफको साग रु ६०, पुदिना रु २००, गान्टेमूला रु ६०, इमली रु १८०, तामा रु १६०, तोफु रु १६० तथा गुन्द्रुक रु ३५० तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा प्रतिदर्जन रु २५०, मालभोग केरा रु २००, कागती प्रतिकिलो रु १७०, अनार रु ४५०, मालदह आँप रु १००, दशहरी आँप रु १२०, हरियो तरबुजा रु ७०, जुनार रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, लोकल काँक्रो रु ५०, हाइब्रिड काँक्रो रु २५, लोकलक्रस काँक्रो रु ५०, रूखकटहर रु ५०, चाइनिज नासपाती रु २५०, नेपाली मेवा रु ९०, भारतीय मेवा रु १२०, स्थानीय लिची रु २५०, भारतीय लिची रु ३५०, काँचो नरिवल रु ७० र हरियो नरिवल रु १७० निर्धारण गरिएको छ।

मसलातर्फ अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी रु ५००, हरियो लाम्चो खुर्सानी रु ३५, बुलेट खुर्सानी रु २५, माछे खुर्सानी रु ५०, अकबरे खुर्सानी रु २५०, हरियो लसुन रु २००, हरियो धनियाँ रु १००, चाइनिज सुकेको लसुन रु २०० तथा नेपाली सुकेको लसुन रु १७० कायम गरिएको छ।

त्यसैगरी, सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा रहु माछा रु ३४०, बचुवा माछा रु ३०० र छडी माछा रु ३५० निर्धारण गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार