आइतवार, श्रावण २४ गते २०८३

कर्णाली नदीमा दुई शव फेला

सोमवार , आषाढ २२, २०८३

काठमाडौँ ।कैलालीस्थित कर्णाली नदीमा महिला र पुरुषको शव फेला परेको छ।

जिल्लाको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदीमा अन्दाजी ३०–३५ वर्ष उमेरको एक जना पुरुष व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।बिहान ७ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

त्यस्तै लम्कीचुहा नगरपालिका – ३ चिसापानीस्थित गोराङ्गेस्थित कर्णाली नदीमा एक जना अन्दाजी १८ वर्षीया महिलाको शव फेला परेको छ। ती दुई शवहरु गत बिहीबार असार १८ गते दैलेखस्थित कर्णाली नदीमा खसेको गाडीका यात्रुहरु हुन सक्ने आशंकासहित उनीहरुको हुलिया कैलाली पठाइएको छ।

असार १८ गते बिहानीपख सुर्खेतबाट कालीकोट जाँदै गरेको  क।प्र।०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार