काठमाडौं। नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणमा यस्तो उल्लेख छ।
चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान सरकारले गरेको छ। उक्त प्रक्षेपणको तुलनामा करीब आधा कम मात्र लक्ष्य भेट्ने अनुमान बहुराष्ट्रिय निकायको हो। कोभिड-१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ ।
एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नौड काचोइसले नेपालमा जारी कोरोना विरुद्धको खोप अभियानले विकासको गतिमा ठूलो समर्थन मिल्ने बताएका छन्। यो आर्थिक सुधारका लागि समेत महत्वपूर्ण हुने उनको भनाइ छ ।