काठमाडौं। बैतडीको सन्सेरीमाडौंमा एक व्यवसायी मृत फेला परेका छन्। सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई सन्सेरीमाण्डौमा मासु पसल व्यवसाय गर्दै आएका ४५ वर्षीय कमल सिंह महरा संसेरी माण्डौकै एक पसल अगाडि मृत फेला परेका हुन्।
मृत फेला परेको महराको हत्या भएको आशंका गरिएको छ। कमलसिंहको शव बिहीबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक महराको टाउको, छाती र शरीरका अन्य भागमा पनि चोट रहेकोले उनको हत्या आशंका गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको उनले बताए।