काठमाडौं। चिकित्सकले मृत घोषणा गरीसकेका व्यक्ति जिवित भएको विरलै सुनिन्छ। तर केही समय मरेर बाँचेको भन्ने घटना भने सुन्ने गरेका छौँ। यस्तै घटना हालैमा भएको छ। यो घटना अमेरिकाको हो। केथी प्याटेन नामकी एक महिला झण्डै ४५ मिनेटसम्म चिकित्सकीय रुपमा मृत बनेकी थिइन्। तर उनलाई चिकित्सकहरुको अथक प्रयासले फेरी जिवन पाइन्।
भएको के थियो भने अमेरिकाको मेरिल्याण्डकी बासिन्दा केथी गल्फ खेलिरहेका बेला उनकी छोरीलाई सुत्केरी व्यथा लागेको र अस्पताल पर्याएको फोनमार्फत् जानकारी आउँछ। त्यसपछि उनी छोरीलाई भर्ना गरेको ग्रेटर बाल्टिमोर मेडिकल सेन्टरमा पुग्छिन्। तर अस्पताल पुग्नेबित्तिकै उनलाई हृदयाघात भयो।
उनलाई तत्कालै आकस्मिक कक्षमा लगियो र डाक्टरहरुले उनलाई कृत्रिम स्वासप्रस्वास क्रिया (ऋएच्) को सहायताले उनको उपचार सुरु गरे। तर एक्कासी उनको मुटुको धड्कन चल्न छाड्यो भने रक्तचाप र मस्तिष्कमा अक्सिजन पनि शून्य भयो ४५ मिनेटका लागि। त्यो भनेको उनी मरिसकेको लक्षण थियो।
सोही समयमा उनकी छोरीलाई बच्चा निकाल्नका लागि शल्यक्रिया गर्नुपर्ने भयो । तर त्यही समयमै चमत्कार भयो। झण्डै ४५ मिनेटसम्म वैज्ञानिक रुपमा मरिसकेकी केथीलाई ब्युँताउन डाक्टहरु सफल भए। चमत्कार त के भयो भने यति लामो समयसम्म अक्सिजनको प्रवाह नहुँदा पनि उनको मस्तिष्कमा कुनै असर परेको देखिएन।
चिकित्सकहरुले केथीलाई बचाइसकेको केही छिनमै उनकी छोरी स्टेसीले पनि बच्चा जन्माइन्। स्थानीय मिडियासँग कुरा गर्दै केथी भन्छिन्, ‘यो मेरो जीवनको दोश्रो मौका हो। म जीवनमा अब सबै प्रकारले सबैभन्दा राम्रो मान्छे बन्नेछु र जीवनमा उपलब्ध हरपलको समयप्रति म कृतज्ञ छु।’