शुक्रवार, आश्विन १६ गते २०८३

एमाले सांसदको नाराबाजीकै बीच बजेटसम्बन्धी २ विधेयक पारित

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। आर्थिक विधेयक पास हुन नसक्दा सरकारी खर्च गर्न नपाएको सरकारले एमालेको अवरोधकै विचमा बजेटसंग सम्बन्धित दुई विधेयक पारित गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो। यससंगै वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ।

दिउसो बसेको राष्ट्रिय सभा बैठकबाट पनि यी विधेयक बहुमतले पारित गरिएको थियो। नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए। 

बिहीबार बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गरेका थिए। तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक निरनतर संचालन गरीरहे। उनले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे।

उनले विधेयक बहुमतले पारित भएको घोषणा गरे। अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ। विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानकारी सभामुख सापकोटाले दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार