शुक्रवार, आश्विन १६ गते २०८३

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा कारोबार भैरहेको छ हेर्नुहोस्

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौं। आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ। छापावाला सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि ६०० रुपैले नै घटेर प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ। बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा शुक्रबार एक हजार १६० रुपैयाँ तोकिएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार