शनिवार, कार्तिक ८ गते २०८३

डडेलधुरमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौं। डडेल्धुरामा बलात्कार आरोपमा २ युवक पक्राउ परेका छन। १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले परशुराम नगरपालिका १० का २३ वर्षीय रामसिंह ठगुन्ना र दार्चुलाको नौगाड गाउँपालिका–५ का २७ वर्षीय जगदीश धामीलाई पक्राउ गरेको हो। परशुराम नगरपालिकाकी किशोरीलाई बलात्कार गरेको आरोप छ।

इलाका प्रहरी कार्यालय जोगबुढाले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। किशोरीमाथि असोज ५ गते बलात्कार भएको बताइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार