काठमाडौं। प्रहरी प्रधान कार्यालले गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ।प्रहरी प्रधान कार्यालय नक्शालले उनीहरुको नामावली पनि सार्वजनिक गरेको छ।
उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ। आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका कैलालीको गोदावरी घर भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन्। जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा छैनन्।
यसैगरी आफूखुसी गैरहाजिर हुनेहरुमा प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि छन्।