शुक्रवार, आश्विन १६ गते २०८३

बुधबार सेयर बजारमा ५० अंकको सुधार, कारोबार रकम ५ अर्ब

बुधवार , आश्विन १३, २०७८

काठमाडौं। यो साता लगातार ओरालो लागेको शयर बजार बुधबार सुधार भएको छ। अघिल्ला तीन दिन लगातार घटेको नेप्से बुधबार ५०.५८ अंकले बढेको छ। सो वृद्धिसँगै समग्र नेप्से २ हजार ६ सय ६५.९४ विन्दुमा पुगेको छ।

अघिल्लो दिनको तुलनामा करिब २ प्रतिशतले बढी हो। आइतबार, सोमबार र मंगलबार उच्च अंकले घटेको थियो। दिनभरीको कारोबारमा २ सय २९ कम्पनीका ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्।

हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो। सबै समूह हरियो बनेका छन्। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार