बिहिवार, कार्तिक ६ गते २०८३

मोटरसाइकल नहरमा खस्दा तीन जनाको मृत्यु

बुधवार , आश्विन १३, २०७८

काठमाडौं। जनकुपुरमा मोटरसाईकल नहरमा खस्दा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ३ जना सवार मोटरसाइकल नहरमा खस्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।  

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार मृत्यु हुनेमा एक जना अन्दाजी २१/२२ वर्षीय  कुनालकुमार साह छन्। बाँकी दुई जनाको सनाखत भएको छैन।

औरहीबाट जनकपुरतर्फ जाँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल चार बजेतिर जनकपुर–१८ भोइल भन्ने स्थानमा नहरमा खसेको थियो। तीन जना सवार उक्त मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको डिएसपी बस्नेतले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार