शुक्रवार, आश्विन १६ गते २०८३

बुद्धभुमिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं। बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।

मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागिएको हो। कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार रुपैयाँ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो।

८ करोड बराबरको ८ लाख रुपैयाँ कित्ता आईपीओमध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार रुपैयाँ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ। 

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार