शुक्रवार, आश्विन १६ गते २०८३

बुधबार सुधार भएको शेयर बजार बिहिबार फेरी ओरालो लाग्यो

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं। बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.५१ अंकले घटेको छ। यसअघि साताको ३ दिन लगातार घटेको शेयर बजारमा बुधबार करेक्सन देखिएको थियो। बुधबार ५० अंकले बढेको थियो।

तर आजको कारोबारपछि परिसूचक २६३३ अंकमा झरेको छ। आज कारोबार रकम पनि निकै घटेको छ। दिनभर जम्मा ३ अर्ब ७० करोडको सेयर किनेबच भयो। बुधबार ५ अर्ब २ करोडको कारोबार भएको थियो। 

आज ३३ कम्पनीको मूल्य बढेको छ। १४७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार