शुक्रवार, आश्विन १६ गते २०८३

गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ दशैँ अघी दिने तयारी, क- कसले पाउँछन् ?

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं।  सरकारले गरिव तथा विपन्नका लागी घोषणा गरेको १० हजार रुपैयाँ दशैँ अघी दिने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोनाबाट प्रभावित ५ लाख गरिब तथा विपन्न नागरिकलाई १० हजारका दरले ५ अर्ब रुपैयाँ वितरण गर्ने व्यवस्था गरिएको छ। 

उक्त रकम दशैँअघी दिनेगरी तयारी गरिएको हो। अर्थ मन्त्रालयले कोरोनाका कारण कारण रोजगारी तथा आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ दिने कार्यविधि मन्त्रिपरिषद्मा पठाएको छ। उक्त भत्ता वितरणका लागि अर्थमन्त्रालयले कार्यविधि बनाएर मन्त्रिपरिषदमा पठाएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए ।

उनका अनुसार मन्त्रिपरिषदबाट कार्यविधि पास भएपछि भत्ता दशैँ अगाडी नै वितरण गरिने छ।  गरिबको पहिचान कसरी गर्ने, त्यसको मापदण्ड के हुने र कसले प्राप्त गर्ने जस्ता सम्पूर्ण व्यवस्था कार्यविधिमा उल्लेख गरेको आचार्यले बताए। सरकारले यस्तो कार्यक्रम घोषणा गर्दा विपक्षीले भने गरिव र विपन्न को हो भन्ने आधार नभएकाले अनियमितता हुने भन्दै आलोचना गरेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार