काठमाडौं। अछामकी गीता रावत सामाजिक कार्यमा सक्रिय छिन्।
उनी विगत दुई बर्षदेखि सामाजिक कार्यमा संलग्न रहदै आएकी छन्। गिता गरिब, दुखि तथा अशाहायलाई राहत वितरण देखि अनाथ र वृद्ध–वृद्धाको सहयोगका लागि बढि सक्रिय रहेको बताछिन्।
त्यस संगसंगै उनी रगत संकलनमा पनि सक्रिय छिन्। यी दुई बर्षको अवधीमा आफुले समाज सेवाका लागि दिन रात खटेर कार्य गरेको उनि बताउछिन्। गिता अहिले पनि निरन्तर यहि कार्यमा सक्रिय छिन्।
शिक्षक पेशा हुँदै बैंकमा जागिर गरेकी गीता अहिले समाजसेवामा मात्रै सक्रिय छन्। गिताले अछाममा हुँदा एक निजी विद्यालयमा लामो समय पढाएकी थिइन्। त्यसपछि काठमाडौं आएकी उनले कुमारी बैंकमा जागिर गरेकी थिइन्।
अहिले भने उनी यि कुनै पनि पेशामा आवद्ध छैनन्। गिता अहिले आफु सामाजिक कार्यमा मात्रै रहेको बताउछिन्। उनले बिरामीका लागि रगतको व्यवस्था गर्ने देखि बिभिन्न आश्रमहरुमा खाना खुवाउने र राहात वितरण गर्दै आएकी छन्।
कोरोना महामारीका कारण जारी गरिएको लकडाउनमा आफ्नो दैनिकी भनेकै बिभिन्न आसाहाय, गरिब र दिनदुखीलाई खाना खुवाउने तथा राहत उपलब्ध गराउँदैमा वितेको उनी सुनाउछिन्।
गिता भन्छिन् ‘सामाज सेवाको कार्यमा अगाडी बढ्दा एक किसिमको छुट्टै आनन्द मिल्दो रहेछ। दु:खमा परेकाहरुलाई सहयोग गर्दा आफुलाई त्यसको फल कुनै न कुनै दिन मिल्छ। अफ्ठ्यारोमा कसैलाई साथ दिन सके आफुलाई धर्म हुन्छ। त्यसैले अहिलेसम्म जे जति गर्न सके एकदम खुसी छु। मन हर्षित छ।
‘काठमाडौंमा वेवारिसे अनाथ, अपांग, वृद्धा–वृद्ध अवस्था देखेर मन थाम्न सकिन। त्यसपछि मैले जति सक्छु, त्यत्ति सहयोग गर्छु भन्ने सोच बनाए। सकेको सहयोग गर्न थाले।’ गिता भन्छिन्। उनले सामाजिक सञ्जालबाटै सहयोग जुटाउने गर्छिन्।
आफुले सहयोग गरिदिन आग्रह गरेपछि धेरै व्यक्तिले त्यसमा उनलाई सहजिकरण गर्छन्। सामाजिक सञ्जालमै धेरै सहयोगी समूहहरुसंग नजिकता बढाउदै जाँदा आफुले त्यसबाट प्रेरणा पाएको उनी बताउछिन्। गिता भन्छिन् ‘धेरै ग्रुपहरुमा जोडिए। उनीहरुले गरेको काम देखेर मलाई नि समाज सेवा गर्न मान लाग्यो। अनि यो बाटोमा हानिए।’ उनले भनिन्।
खास गरि गिता रगत संकलनको कार्यमा आफूलाई विशेषगरि बढि सक्रिय बनाउने गरेको बताउछिन्। उनी भन्छिन् ‘नेपालको रगत व्यवस्थापनको हालत देखेर एकमदै अवाक लाग्न थाल्यो। दिनहुँ रगत नपाएर धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको हुन्छ। त्यसमा मैले आफ्नो तर्फबाट सकेजति रगतको डाटा निकालेर व्यवस्थापन गर्दै सहयोग गर्न थाले।’
उनी ब्लड डोनर कम्युनिटी काठमाडौंको सव–कोअर्डिनेटर पनि छिन्।