काठमाडौं। आज सुनको भाउ बढेको छ। नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो। हिजो ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ। हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ। हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।