बिहिवार, आश्विन १५ गते २०८३

विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुन: सुचारु

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। सोमबार राति ९ बजेदेखि  विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुन: सुचारु भएका छन्।

फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन्। 
 
फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए।

यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार