बिहिवार, आश्विन १५ गते २०८३

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज चिप्लिएपछि....

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको छ। जहाज ट्याक्सीवेबाट चिप्लिएर घाँसतिर गएको  त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। 

जहाज धावनमार्गबाट बहिर भएकोले उडान भने सञ्चालन भइरहेको छ।  करिब ८० जना यात्रु लिएर नेपालगञ्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ। 

यद्यपि जहाजमा कुनै क्षति नपुगेको र पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको विमानस्थल स्रोतले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार