आइतवार, श्रावण २४ गते २०८३

ओठ ठुलो बनाउने चक्करमा यस्तो भयो उनको रुप

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौं। अहिले मानिसहरु अनौठो काम गरेर नाम कमाउने र लोकप्रिय बन्ने चाहना राख्छन्। यस्तै चाहना बुल्गेरियाकी एक युवतीको पनि छ। उनि हुन् बुल्गेरियाकी एन्ड्रिया इभानोभा। संसारकै ठूलो ओठ बनाउने चाहनाका कारण उनले २५ पटक आफ्नो ओठको शल्यक्रिया गराएकी छिन्।

२३ वर्षकी इभानोभाले ओठभित्र शल्यक्रिया गरेर इन्जेक्सनद्वारा हायल्युरोनिक एसिड हालियो। सर्जरी पश्चात् उनको ओठको आकार बढेर पहिलेभन्दा चार गुणा ठूलो भएको छ। सर्जरीबाट अस्वभाविक रुपमा बढाएको आफ्नो ओठ देखाउनका लागि उनले सोसल मिडियामा फोटोहरु शेयर गरेकी छिन्।

आफु आफ्ना बढेका ओठदेखि खुसी रहेको र चिकित्सकहरुले पनि यतिसम्म बढाउनु पर्याप्त रहेको बताएता पनि उनको इच्छा अझै पुगेको रहेनछ। आफ्नो ओठको आकार अझै बढाएर संसारकै ठूलो ओठ भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छिन् इभानोभा। डाक्टरहरुले भने उनको ओठको थप शल्यक्रिया गरेमा उनको ज्यानै जानसक्ने चेतावनी दिएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार