काठमाडौं। इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक भएको छ।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजायल सरकारलाई पठाएको थियो। इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ। छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन्।
छनोटमा परेर जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ। श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ। शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ। इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ। त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ।
इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ। तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था छ। इजरायलमा श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो।
https://drive.google.com/file/d/14LTxmZnbkq5lvfX90RwDlfwND_UiBBpM/view