काठमाडौं। बैतडीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिदा एकै परिवारका एक बालकसहित तीन जनाको मृत्यु भएको हो।
घर माथिबाट आएको पहिरोमा पुरिएर शिवनाथ गाउँपालिका-६ बसेडीका भालु पार्कीका बुहारीहरु २४ वर्षीया भानु पार्की, १८ वर्षीया पवित्रा पार्की र तीन वर्षीया नाति सोम पार्कीको मृत्यु भएको तीन गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलेले जानकारी दिइन।
मंगलबार दिउँसो करिब तीन बजे उनिहरुलाई पहिरोले परेको थियो। हाल उनिहरुको शब निकालेर परीक्षणका लागि अस्पताल पठाएको उपाध्यक्ष चण्डलेले जानकारी दिइन्।