काठमाडौं। हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।
पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै सोमबार पनि प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।