शुक्रवार, आश्विन १६ गते २०८३

आइतबार नेप्से परिसूचक ७३ अंकले बृद्धी, कारोबार रकम ८ अर्ब बढी

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ  । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो ।

असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आज भने बढेर हरियाली देखिएको छ ।  आइतबार ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । 

कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बिमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ ।

आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्री इन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ ।

यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ । धेरै गुमाउनेको शिर्ष सथानमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड देखिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार