आइतवार, श्रावण २४ गते २०८३

फेसबुक खोल्ने बित्तिकै थप्पड हान्ने कर्मचारी, यसरी काम गर्ने क्षमता बढेको दावी

शुक्रवार , कार्तिक २६, २०७८

काठमाडौं। मानिसहरु आफ्नो लत छुटाउन अनेक उपाय लगाउँछन्। धुम्रपान र मद्यपान भन्दा बढी लत मानिसहरुको हाल सामाजिक संजालप्रति बसेको छ। पछिल्लो समय मानिसहरु सामाजिक संजालमा धेरै नै समय विताउने गर्छन्। 

फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्मको लतबारे जो पनि जानकार छन्। तर एक व्यक्तिले यो लतबाट छुटकारा पाउनका लागि यस्तो उपाय लगाएका छन्। जसलाई सुनेर मानिसहरु अचम्मित हुन्छन्। त्यसैले त संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले पनि प्रतिक्रिया दिएका छन्। 

भारतीय-अमेरिकी उद्यमी मनिष सेठीले सन् २०१२ देखि नै आफ्नो यस्तो लत छुटाउन एक महिलालाई जागिरमा राखेका छन्। मनिसले फेसबुक खोल्ने बित्तिकै उनलाई ती महिलाले थप्पड हान्छिन्। लगाउन योग्य उपकरणको ब्रान्ड पावलोकका संस्थापक सेठीले कारा नामकी एक महिलालाई उनको स्क्रिन हेर्न र सोसल मिडिया प्लेटफर्ममा गएको खण्डमा उनलाई थप्पड हान्नका लागि ८ डलर प्रति घण्टाका लागि काममा राखेका हुन्।

मनिष सेठीले सन् २०१२ देखि नै महिलालाई जागिरमा राखेका हुन् तर यसको चर्चा हाल भैरहेको छ। यसको कारण भने ९ वर्षपछि टेस्लाका सीइओ एलन मस्कले दुईवटा ‘फायर’ इमोजीको प्रयोग गरेर यसमाथि प्रतिक्रिया दिएका छन्।

मनिष सेठीले शंका व्यक्त गर्दै मस्कको प्रतिक्रियामाथि प्रतिक्रिया व्यक्त गरेका छन्। सेठीले कारालाई थप्पड हानेर उनको काम गर्ने क्षमता बढाउन मद्दत गरेको श्रेय दिएका थिए। उनले भनेका थिए, ‘धेरैजसो समयमा मेरो औसत काम गर्ने क्षमता लगभग ३५-४० प्रतिशत थियो। जबदेखि कारा मेरो नजिक बसेकी छिन् मेरो क्षमता बढेर ९८ प्रतिशत भयो।’

सेठीले सन् २०१२ मा कर्मचारीका लागी गरेको विज्ञापनमा लेखेका थिए, ‘जब म आफ्नो समय बर्बाद गरिरहेको हुन्छु तब तपाईंले मलाई कराउनुपर्नेछ र आवश्यकता पर्दा मलाई थप्पड पनि हान्नुपर्नेछ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार