काठमाडौं। पछिल्लो समय धेरै कुरा पैसाले किन्न पाइन्छ। त्यसैले पनि मानिसहरु पैसाको घमण्ड गर्छन्। अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा पाइनु त सामान्य नै हो। तर अहिले मानिस समेत भाडामा पाउन थालिएको छ। त्योपनि जन्ती र पाहुना।
दक्षिण कोरिया यस्तो दे हो जहाँ बिहेमा जन्ती तथा पाहुनाहरु पनि भाडामै पाउन सकिन्छ। भाडामा जन्ती तथा पाहुना उपलब्ध गराउनका लागि दक्षिण कोरियामा विभिन्न एजेन्सीहरु नै खुलेका छन्। वास्तवमा दक्षिण कोरियामा बिहेको समारोहमा धेरै पाहुना बोलाउनुलाई प्रतिष्ठाको विषय हुने गरेको छ। बिहेमा जतिधेरै पाहुना आए उति नै इज्जत हुने हुने मान्ने गरिन्छ।
त्यसैले समाजमा आफ्ना धाक देखाउन र इज्जतकै लागि वा इज्जत जोगाउनकै लागि भएपनि मानिसहरुले उल्लेखित एजेन्सीहरुबाट भाडामा पाहुना बोलाउने गर्दछन्। बिहेमा पाहुना तथा जन्ती भएर जाने भाडाका मानिसहरुलाई एजेन्सीहरुले विशेष तालीम दिएका हुन्छन्। उनीहरु बिहेमा गएपछि यस्तो व्यवहार देखाउँदछन् कि अन्य पाहुनाहरुले उनीहरुलाई परिवारको आफन्त ठान्दछन्।
दक्षिण कोरियामा भाडामा पाहुना उपलब्ध गराउने सबैभन्द चर्चित एजेन्सीको नाम ह्यागेक फ्रेन्ड्स हो। एजेन्सीका अनुसार कोरोना महामारीका कारण बिहेमा पाहुनाहरु सामेल हुने क्रम ९९ प्रतिशतले घटाइएको थियो। अहिले महामारी मथ्थर भएसँगै बिहेमा उपस्थित हुन पाउने पाहुनाको संख्या २ सय ५० कायम गरिएको छ।
यस्तोमा पनि बिहे समारोहमा २० देखि २५ जना भाडाका पाहुनाहरु बोलाउने गरिन्छ। त्यसरी भाडामा आएका पाहुनाहरुको ज्याला प्रति पाहुना २० डलर हुने गरेको समाचारमा जनाइएको छ।
एजेन्सीको सहयोगमा