बिहिवार, आश्विन १५ गते २०८३

कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जना पक्राउ

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं। नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए। 

बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर मुख छाडेका थिए। प्रहरीका अनुसार पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार