आइतवार, श्रावण २४ गते २०८३

आफ्नै पिसाब पिउने बानी परेकी यी महिला, दिनमा पाँच गिलास सम्म पिउछिँन्

सोमवार , मंसिर ६, २०७८

काठमाडौं। मानिसहरुको रुची र बानी अनेक हुन्छन्। तर संसारमा यस्तो सुन्दै आङ सिरिङ्ग हुने बानी पनि छ। तपाईंले कहिल्यै मानिसले आफ्नै पिसाब पिएको देख्नुभएको अथवा सुन्नुभएको छ ? ५३ वर्षकी एक महिलाले उनलाई आफ्नो पिसाब पिउने बानी परेको छ। उनले यसको स्वाद उनलाई कुनै स्याम्पेनजस्तो लाग्ने बताएकी छिन्।

महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पिउनुभन्दा पिसाब पिउन सजिलो लाग्ने बताएकी छिन्।
द सनका अनुसारक्यारी नामकी यी महिला कोलोराडोमा बस्छिन्। महिलाको दाबी अनुसार उनी दिनमा करिब पाँच गिलास आफ्नै पिसाब पिउँछिन् र उनी पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन्।

यो हिसाबले हेर्ने हो भने महिलाको शरीरमा अहिलेसम्म करिब ३,४०६ लिटर पिसाब गइसकेको छ। टीएलसीको ‘माई स्ट्रेन्ज एक्डिक्सन’ मा महिलाले उनलाई मनतातो पिसाब पिउन मन पर्ने बताइन् र यसले उनलाई शान्ति प्रदान गर्ने बताएकी छिन्।
चार वर्षअघि आफूलाई मेलानोमा क्यान्सर भएको थाहा भएपछि  केमोथेरापी गर्नुको साटो पिसाब पिउन सुरु गरेको बताइन्। मेलानोमा क्यान्सर एक प्रकारको छालाको क्यान्सर हो।

त्यसपछि क्यारीको जीवनमा पिसाबको प्रयोग बढ्दै गयो। उनले पानी पिउन जारी राखिन् र आफ्नो हेरविचारका लागि विभिन्न तरिकाको उपयोग पनि गरिन्। क्यारीले भनिन्, ‘म टुथपेस्टको साटो पनि यसको प्रयोग गर्छु। यसले मेरो दाँतलाई भित्रैदेखि चम्काउँछ। ’ क्यारी आफ्नो आँखा–कानमा यसको थोपा पनि हाल्छिन् र यसलाई कपालको जरामा पनि लगाउँछिन्।

क्यारीका अनुसार उनी नुहाउने बेला उनको बासी पिसाबले एक उत्कृष्ट लोसनको रुपमा काम गर्छ। यद्यपि, क्यारीकी छोरी केसी आफ्नी आमाको स्वास्थ्यको विषयमा अत्यधिक चिन्तित छिन्। आफ्नी छोरीको कुरा सुनेर क्यारी डाक्टरलाई भेट्न सहमत पनि भइन्। उनले क्यारीको कम्मरमा भएको एउटा कोठीको विषयमा पनि आफ्नो चिन्त व्यक्त गरिन्।

त्यसपछि डाक्टरले उनलाई तुरुन्त बायोप्सी गराउन सुझाए। तर क्यारीले पारम्परिक चिकित्सा पद्धतिलाई त्याग्न अस्वीकार गरिन्। क्यारीका अनुसार यो विषयमा उनले जति पनि अध्ययन गरिन्, त्यसअनुसार यदि उनले पिसाब थेरेपी त्यागेको खण्डमा उनको मृत्यु हुनेछ।
एजेन्सीको सहयोगमा 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार