बिहिवार, कार्तिक ६ गते २०८३

टिपरको ठक्करबाट एकै परिवारका ३ को मृत्यु, १ जना घाइते

शुक्रवार , पौष २, २०७८

काठमाडौं। सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका-३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

स१क २६१ नम्बरको टिपरले प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका-२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार र ८ वर्षीय नाति अभिषेक रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।

सोही दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार