शुक्रवार, आश्विन १६ गते २०८३

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडियो, कतिले पाए ?

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ८० हजार ५ सय जनालाई बाँडफाँड गरिएको छ । सो कम्पनीका बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार असार २४ गतेदेखि खुलेको आईपीओमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो ।

तर, दोहोरो आवेदनका कारण ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भएको थियो । सदर भएका आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

इन्स्योरेन्सको आईपीओमा आवेदन गरेका कुलमध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारी र ५ प्रतिशत सामूहिक लागानी कोषलाई छुट्याएको थियो ।

आईपीओको नतिजा प्रशोधनकै क्रममा रहेकाले केहीबेरमा क्यापिटलको वेबसाईट र मेरो सेयरमा हेर्न सकिने जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार