शुक्रवार, आश्विन २३ गते २०८३

सुदूरपश्चिम प्रदेश: सरकारमा दाबी पेस गर्ने समय साँझ ५ बजेसम्म

बुधवार , पौष २७, २०७९

काठमाडौं। सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।

सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।

प्रदेश सरकारको नेतृत्वको दौडमा रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावल अहिलेका सत्ता गठबन्धनमा रहेका सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको बताँछन् । 

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार