सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन्।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरि २९ सांसदको समर्थनसहित उनले बुधबार अपरान्ह मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
त्यसपछि प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा एक गरी २९ सांसदको सर्मथन पाएका हुन्।