शुक्रवार, आश्विन २३ गते २०८३

सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित

सोमवार , माघ २, २०७९

धनगढी । सभामुख चयन गर्नका लागि आब्हान गरिएको बैठक अन्तिममा आएर स्थगित भएको छ । 

पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको  सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । 

आज बस्ने भनिएको प्रदेश सभा बैठक भोलि बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । भोलि १० बजे बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ ।

यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् ।

यस अघि दुई पटक सम्म भएको निर्वाचनमा सकैले पनि बहुमत ल्याउन नसकेपछि आजका लागि बैठक तोकिएको थियो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार