शुक्रवार, आश्विन १६ गते २०८३

सुन: तोलाामा ६ सयले घट्यो, यस्तो छ आजको मुल्य

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएकोमा आज तोलाामा ६ सयले घटेको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार एक सय रहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३२० मा कारोबार भएकोमा आज घटेर तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।    

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार