काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।
५३ सदस्यीय प्रदेशसभामा आइतबार ५२ सांसद उपस्थित थिए। मुख्यमन्त्री शाहको पक्षमा ४१ मत पर्यो भने विपक्षमा ११ मत पर्यो।
केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका छन् ।
मुख्यमन्त्री शाहले पाएको यो मत कुल संख्या ५३ को दुईतिहाइ भन्दाबढी हुन आउँछ ।