शुक्रवार, आश्विन १६ गते २०८३

सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि, कारोबार रकम पौने १२ अर्ब

सोमवार , श्रावण ४, २०७८

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले वृद्धी भएको छ । आज बजार १३.८० अंकले उकालो लागेको हो । योसँगै नेप्से परिसूचक दुई हजार ९ सय ९४.४२ को विन्दुमा उक्लिएको छ ।

सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर ५६०.७२ को विन्दुमा झरेको छ । आज कारोबार रकम पनि पौने १२ अर्ब रुपैयाँ बढीको भएको छ ।

सोमबार नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियो देखएिको छ भने ५ वटामा रातो छ । आज व्यापार समूह सर्वाधिक ५.२२ प्रतिशतले वृद्धी भएकोे छ ।

लगानी समूह १.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.५१ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७० प्रतिशत र अन्य समूहमा ०.७८ प्रतिशतको बढोत्तरी भएको छ ।

आज वित्त समूह सर्वाधिक १.१७ प्रतिशतले ओरालो लागेको छ। होटल तथा पर्यटन समूह ०.४४ प्रतिशतले घटेको छ भने विकास बैंक समूहमा ०.४० प्रतिशत, जलविद्युत समूहमा ०.०५ प्रतिशत र लघुवित्त समूहमा ०.०९ प्रतिशतको गिरावट आएको छ । 

सोमबार नेप्सेमा सूचीकृतमध्ये दुई सय १९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजारमा खरिद बिक्री भएका छन् । आज एनआईसी एसिया बैंकको सर्वाधिक ३५ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार