शुक्रवार, आश्विन १६ गते २०८३

सेयर बजार ओरालो लाग्यो, कारोबार रकम पनि खुम्चियो

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार आरालो लागेको छ । उतारचढावका बीच मंगलबार सेयर बजार परिसूचक नेप्से ९ अंकले घटेर दुई हजार ९ सय ८४ विन्दुमा झरेको छ ।
मंगलबार नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । सोमबार नेप्से दोहोरो अंकले बढ्दा पौने १२ अर्बको कारोबार भएको थियो ।
आज आइसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन् । लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्यूटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले भने १० प्रतिशतले कमाए ।। 
नेपाल स्टक एक्स्चेजञ्जका अनुसार मंगलबार २ सय १९ कम्पनीको ३ करोड १५ लाख ६ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ८८ लाख २० हजार ३ सय २ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार