बुधवार, आश्विन २१ गते २०८३

परशुराम-९का वडाअध्यक्षको पक्षमा सर्वोच्चको फैसला, भ्रष्टाचार मुद्दामा निर्दोष

सोमवार , जेठ २२, २०८०

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिका-९ मा देवबहादुर बोहरालाई वडाध्यक्षका रुपमा काम गर्ने बाटो खुलेको छ। सामुदायिक वन कटान गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेरिहेका उनलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हा र कुमार चुडालको ईजलासले सफाई दिएको हो ।

उनको मुद्दामा अदालतले उल्ट को फैसला दिएको हो।

No description available.

२०७९ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा बोहरा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

असार ३० गते जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई पत्र लेख्दै अख्तियारले विशेष अदालतमा पुनरावेदन दायर गरेकाले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म स्वतः निलम्बनमा परेको जानकारी गराएको थियो। सर्वोच्चको सोमबारको फैसलासँगै बोहरालाई वडाध्यक्षका रुपमा काम गर्नै बाटो खुलेको हो।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार