बुधवार, आश्विन २१ गते २०८३

सुदूरपश्चिम सरकारको नीति कार्यक्रम सार्वजनिक, कृषकलाई शून्य ब्याजदरमा ऋण (पूर्णपाठसहित)

बुधवार , जेठ २४, २०८०

काठमाडाै‌। सुदूरपश्चिम प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ । सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

ऋण उपलब्ध गराउनको लागि सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने भएको छ । सोही कोषमार्फत शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो ।

यस्तै गुणस्तरीय र उच्च शिक्षा हासिल गरेका दक्ष जनशक्ति उत्पादन गरि प्रदेशको आर्थिक उपयोगमा प्रयोग गर्न उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थालाई प्रदेश विश्वविद्यालयमा रुपान्तरण गर्न सम्भाब्यता अध्ययन गर्न भएको छ । 

यस्तै धनगढी-अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने नीति पनि लिएको छ । यस्तै प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी क्षेत्रमा वृक्षारोपण गर्ने र  चिडियाखाना स्थापना गर्ने तथा पर्यटन विकासका लागि अपि र साइपाल हिमालको बेसक्यापसम्म पैदल मार्ग निर्माण गर्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार