शनिवार, कार्तिक १ गते २०८३

वन कार्यालय डडेल्धुरामा अनियमितता, वाइसिएल र अखिलले गरे छानविनकाे माग

सोमवार , श्रावण १५, २०८०

काठमाडाैं। डिभिजन वन कार्यालय डडेल्धुरामा अनियमितता भएकाे भन्दै नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाल र अखिल क्रान्तिकारी डडेल्धुराले छानविनकाे माग गरेका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुबै सङ्गठनले डिभिजन वन कार्यालयका अधिकृत राम विचारी ठाकुर तथा केही फाँटवाला कर्मचारीहरुको समेत मिलेमतोमा भ्रष्टाचार भइरहेको ठहर गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ,‘सेवाग्राही, नागरिक समाज, पत्रकार जगत तथा जनसमुदायबाट समेत प्राप्त गुनासोहरूको अध्ययन तथा अनुसन्धान कार्य जारीरहेकै क्रममा प्रत्यक्ष जनताको सरोकार राख्ने वन डडेल्धुराको भ्रष्टकार्यशैली र व्यापक अनियमितता भएको हाम्रो ठहर छ’, वाइसिएलका जिल्ला इन्चार्ज दिपकराज भट्ट र अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लालबहादुर पाण्डेयद्वारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ, ‘डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत राम विचारी ठाकुर र केही फाँटवाला कर्मचारीहरूको मिलेमतोमा सेवा प्रवाहमा भ्रष्टकार्यशैली देखा परेको छ।’

वाईसीएल जिल्ला इन्चार्ज दीपकराज भट्ट र अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लाल बहादुर पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तीमा अनियमितता तथा भ्रष्टाचारको छानबिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइको छ। वन कार्यालयका विषयमा तत्काल छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई अनुरोध समेत गरिएको छ।

तत्काल छानबिन प्रक्रिया अगाडि नबढेमा जनस्तरबाट सङ्गठनले आवश्यक कदम चाल्न बाध्य हुने र उत्पन्न परिस्थितिको सम्बन्धित निकाय नै जवाफदेही हुनुपर्ने समेत विज्ञप्तिमार्फत चेतावनी दिइएको छ। 

संघीय वन ऐनमा व्यवस्था भएको पञ्चवर्षे कार्ययोजना निर्माणका लागि आफू अनुकुल व्यक्तिलाई पेशकी दिएको, भवन निर्माणका लागि प्रदेश सरकारबाट विनियोजित १ कराेड ५० लाख रकममध्ये १७ लाख विना प्रतिस्पर्धा आफू अनुकुल कन्सलटेन्सीलाई डीपीआर बनाउने जिम्मा दिएपनि समयमै तयार नहुँदा बजेट फ्रिज भएको तथा अमरगढी हरित पार्कको रकम कर्मचारीका नाममा पेशकी लिई हालसम्म पनि काम सम्पन्न नभएको लगायतका आरोप लगाइएको छ।

No description available.No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार