शनिवार, कार्तिक १ गते २०८३

पहिरोले सडक भासियो, भीमदत्त राजमार्ग अवरुद्ध

मंगलवार , श्रावण २३, २०८०

हिजो राति परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो।

पहिरोले सडक पुरै भासिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्। ‘खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ। अहिले खुल्ने सम्भावना छैन’ यात्रु ललित जोशीले भने।

उता प्रदेश ट्राफिक कार्यालय अत्तरियाले प्रहरी टोली उक्त स्थानमा गइरहेको र पूर्ण विवरण नआएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार