सोमवार, श्रावण २५ गते २०८३

खोप लगाउने व्यक्तिलाई १ सय डलर दिने  घोषणा

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिने  घोषणा गरेका छन्।  

अमेरिकामा संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी आइरहेको भन्दै बाइडनले सबै राज्यलाई खोप लगाउने नागरिकलाई १०० डलर दिन आह्वान गरेका हुन्।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार